३५ किलो चरेशसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 15 | 08:19 am 917

बारा, फागुन ३। जितपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध चरेश करिब ३५ किलोसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बरेध दिपाद कोतवाली बस्ने ४२ वर्षीय साफिर अली र  सोही ठाउँ बस्ने ४४ वर्षीय मोहमद अबजाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई राखेको उक्त चरेश फेला पारी कार चालक साफिर र कारमा सवार मोहमदलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.