काठमाडौं, माघ २८: दुर्लभ वन्यजन्तु सेता कछुवा ३४ वटा सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिसिद्धिका २२ वर्षीय डेबिट महर्जन रहेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको पुल्चोकस्थित लबिम मलबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार निलो–सेतो रंगको कागजको बट्टाभित्र राखेर करिब १२ लाख रुपैयाँमा बेच्न लागेको अवस्थामा ती कछुवासहित डेबिटलाई सोमबार साँझ पक्राउ गरिएको बताइएको छ ।
कागजको बट्टाभित्र बरामद भएका ती दुर्लभ वन्यजन्तु कछुवासहित महर्जनलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तीबन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।