काठमाडौं, असार ७ । जिम्वावेको हरारेमा चलिरहेको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा दुइ पटकको विश्वकप विजेता वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३९ रन बनाएको थियो । बेस्ट इन्डिजका साइ हाेप र निकाेलस पुरनले सेन्चुरी हानेका थिए ।
नेपालकाे तर्फबाट ललित राजवंशीले ३ विकेट लिए भने, गुलसन झा, करन केसी, सन्दिप लािमछाने र दिपेन्द्र सिं एरीले क्रमशः १/१ विकेट लिए ।