३३ हजार घुससहित वन अधिकृत अख्तियारको फन्दामा

रिपोर्ट नेपाल | 2018 Dec 20 | 06:06 pm 1934

काठमाडौँ, पुस ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरलाइई ३३ हजार घुससहित पक्राउ गरेको छ ।

अख्तियारको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सो रकम लिईसकेको अवस्थामा बेनी नगरपालिका वडा–७ स्थित निवासबाटै नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

सेवाग्राहीसँग काठ कटानी सम्बन्धी मुद्दा मिलाईदिने भन्दै उनले घुस मागेको उजुरी अख्तियारमा परेको आधारमा उनलाई पक्राउ गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.