एसपी विकासराज खनाललाई छाड्न अदालतको आदेश

| 2018 Sep 18 | 06:30 pm 2115

विराटनगर, असोज २ : ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, मोरङले मंगलबार उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

न्यायधिश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको इजलासले उनलार्इ छाड्ने आदेश दिएको अदालतले जनाएको छ ।साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले गरेको अनुसन्धानका क्रममा सुन तस्करीको विवरणसहितको रजिष्टर बरामद गरेको थियो जहाँ ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.