३१ वटा चोरी मुद्दाका प्रतिवादी सिआइबिको फन्दामा

रिपोर्ट नेपाल | 2018 Jul 26 | 05:07 pm 2777

काठमाडौं, साउन १०: केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबि) ले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका प्रतिबादीलाई पक्राउ गरी अदालत समक्ष बुझाएको छ ।

सिआइबिले दिएको जानकारी अनुसार सम्मानित काठमाण्डौं जिल्ला अदालतको मिति २०७२ चैत्र २४ गतेको फैसलाले जिल्ला नुवाकोट थानसिंह गाविस वडा नं ९ हाल ककनी गापा वडा नं ८ बस्ने बर्ष ४९ का गणेश बहादुर सुनुवारलाई विभिन्न ३१ वटा मुद्दाहरुमा रु ३४ लाख ७२ हजार ५ सय ९१ रुपैयाँ जरिवाना हुने ठहर भएको र उक्त जरिवाना वेरुजु रही हालसम्म फरार रहेका निजलाई ब्यूरोको टोलिले हिजो बुधबार ककनीबाट पक्राउ गरेको थियो ।

पक्राउ भएका सुनुवारलाई आवश्यक कार्वाहीको लागि काठमाण्डौ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाईएको छ ।

प्रतिवादी गणेश बहादुर सुनुवार समेत ४ जना प्रतिवादीहरुले काठमाण्डौंका विभिन्न स्थानबाट, विभिन्न मितिमा, विभिन्न व्यक्तिहरुको सुनको सिक्रि समेतका गरगहना तथा धनमालहरु जवरजस्ती लुटी चोरी गरेको र उक्त चोरी गरेका गहनाहरु प्रतिवादी गणेशबहादुर सुनुवारले संचालन गरेको पन्चकन्या ज्वेलर्समा लगी प्रचलित मुल्य भन्दा कम मुल्यमा बिक्री गरेको ब्यूरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.