३० लाख बराबरको झिनिया व्यापार

| 2018 Nov 13 | 08:57 am 3812

-कौरव खत्री
गुल्मी, कार्तिक २७ :  जिल्लाको वामीटक्सार बजारमा तिहारको समयमा झिनियाको व्यापारमा निकै बृद्धि भएको छ । मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा तिहार आसपासमा वामीटक्सार बजारबाट मात्रै झण्डै ३० लाख बराबरको झिनिया कारोवार भएको स्थानीय झिनिया व्यापारी चिरिञ्जीवी शाक्यले जानकारी दिए ।

दशै र तिहारको समयमा मात्र खपत हुने झिनिया पछिल्ला केहि वर्षयता झिनिया बाह्रै महिना राम्रो खपत हुने गरेको र अहिले स्थानीय वामीटक्सार बजारमा झिनिया व्यवसायीहरु बढेर झण्डै ७०/८० जना सम्म झिनिया व्यवसायी पुगेको स्थानीय झिनिया व्यापारी शाक्यले जानकारी बताए ।

वामीटक्सार बजारमा उत्पादित झिनिया छिमेकी जिल्ला तथा स्थानीय बजार र गाँउघरमा समेत खपत हुने गरेको पाइन्छ ।

तिहारको समयमा मात्र आफूले झण्डै डेढ लाख भन्दा बढिको झिनियाको व्यापार गरेको भन्दै झिनिया बनाउन सक्ने हो भने जति पनि झिनिया खपत हुने गरेको र झिनिया विक्रिवितरण नहोलाकी भन्ने चिन्ता चाही नहुने मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारकी स्थानीय झिनिया व्यवसायी बिष्णुमति श्रेष्ठले बताइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.