२ सय ५० क्विन्टल चामल सुर्खेत प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Oct 30 | 01:58 pm 1830

सुर्खेत, कात्तिक १४ः सुर्खेतबाट भक्तपुर लैजान लागिएको शंकास्पद २ सय ५० क्विन्टल चामल सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा प्रहरीले सुर्खेतको सुब्बाकुनाबाट ना ६ ख ५७२१ नम्बरको ट्रकसहित चामल नियन्त्रणमा लिएको हो । ट्रकबाट भक्तपुर लैजान लागिएको चामल संकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले बताए ।

उनका अनुसार चामल वीरेन्द्रनगरको दुर्गा भगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा पठाएको पाइएको छ । उक्त चामल प्रतिकेजी ४२ रूपैयाँको दरले बिल काटिएको छ ।

दुर्गा भवानी नेपाल खाद्य संस्थानको खाद्यान्न ढुवानीकर्ता व्यापारिक फर्म हो । सुर्खेतबाट बाहिर लगिँदै गरिएको चामल सरकारी हो वा होइन भन्ने बिषयमा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीसंग जानकारी लिइ अनुसन्धान गरिने एसपी भट्टले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.