नवलपरासी, फागुन १: डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत र कार्यालय सहयोगी घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली रहेका छन् । उनीहरूलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियारले जानकारी दिएको हाे ।
आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको हो ।
टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा देवकोटा र तेलीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।