२ नम्बर प्रदेशमा मुस्लिम धर्मावलम्बीको पर्व‘इद उल फित्र’को सार्वजनिक बिदा

रिपोर्ट नेपाल | 2019 Jun 05 | 08:33 am 2263

महेश सिंह महतो

सिरहा, जेठ २२:  प्रदेश नम्बर २ मा बुधबार मुस्लिम धर्मावलम्बीहरुले मनाउने गरेको इद ,उल फित्र पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा अनिश्चित भएको थियो।

मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै बुधबारको बिदा निश्चित भएको प्रदेश नम्बर २ को मुख्य मन्त्रीको कार्यालयले जानकारी दिए । प्रदेश नम्बर २ मा १५ प्रतिशत मुस्लिमहरुको बसोबास रहेको एक तथ्यांकले देखाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.