कास्की, साउन २५ । काठमाडाैंबाट सार्वजनिक सवारीमा पाेखरा पुगेकी एक महिलालाई प्रहरीले २८ ताेला सुन सहित पक्राउ गरेकाे छ ।
ग १ ख ९९४४ नम्बरको बसमा यात्रा गरेकी कल्पना गुरुङलाई विशेष सुराकीको आधारमा प्रहरीले चेकजाँच गर्दा भित्री वस्त्र (ब्रा)भित्र लुकाएर ल्याएकाे सुन सहित प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको जोरपाटी बस्दै आएकी गुरुङलाई प्रहरीले साेधपुछ गर्दा आफूलाई एक व्यक्तिले केही रकम दिएर पाेखरा पुर्याउन लगाएकाे र त्यही अनुसार गरेको बताएकी छन् ।
महिलाबाट बरामद सुन पोखराको कुनै सुनचाँदी व्यवसायीका लागि कसैले पठाएको र यो उपक्रम लामो समयदेखि चलिरहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सुन कसकाे हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।