२६ किलो चरेशसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 29 | 08:40 am 2801

गुल्मी, मंसिर १३: जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट २६ किलो चरेशसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका–३ रजवाका ३३ वर्षीय बालाराम पुन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

पुनलाई प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुल्सीपुरबाट खटेको टोलीले चरेससहित पक्राउ गरेको प्रहरीले बताए। प्युठानबाट गुल्मीतर्फ चरेस ल्याउने क्रममा विशेष सुराकीका आधारमा बाटोमै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाए।

पुनलाई लागूऔषध ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरिएको घलेले बताए। पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.