२५ हजार घुससहित मालपोत हाकिम पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 04 | 06:19 am 3697

तेह्रथुम, साउन १९ : जिल्ला मालपोल कार्यालय तेह्रथुमका निमित्त कार्यालय प्रमुख नायब सुब्बा शंकर दाहाल २५ हजार घुस सहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोली उनलाई घुस सहित पक्राउ गरेको हो ।

जग्गा नामसारी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाका आधारमा उनलाई घुस लिइसकेको अबस्थामा पक्राउ गरिएको हो ।

उनलाई शुक्रबार विहान उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनलाई अहिले नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारले जनाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.