२५ वर्ष पछि हत्यारा पक्राउ

रिपोर्ट नेपाल | 2022 May 28 | 07:42 am 1177

जाजरकोट, जेठ १४ः जाजरकोटमा कर्तव्य ज्यान मुद्धामा फरार प्रतिबादी २५ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी जुनीचाँदे गाँउपालिका ७ का ५६ वर्षीय जगविलाल रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।

ज्ञानबहादुर घर्तिको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी जगविलाल रोकाय विरुद्ध कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत जाजरकोटले २०५४ साल वैशाख २७ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकेको थियो तर रोकाय फरार थिए ।

जाजरकोट प्रहरीले जेठ १२ गते विहीवार बेलुका आफनै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए ।

पक्राउसँगै प्रहरीले थप कारवाहीका लागि जिल्ला अदालत जाजरकोट पठाएर जिल्ला अदालतबाट कारागार चलान गरिएको प्रहरी प्रमुख निरौलाले  जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.