२५ किलो चरेससहित एक महिला पक्राउ

| 2021 Dec 01 | 08:44 am 1737

बझाङ, मंसिर १५ः प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् ।

सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.