कैलाली, भदौं १९ : नक्कली कागजातहरू तयार गरी विभिन्न व्यक्तिहरुलाई ठग्ने तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरो र धनगढी उपमहानगरपालिकाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डोटी रानागाउं गा.वि.स. वडा नं. ९ घर भई हाल धनगढी उपमहानगरपालिका वडा नं. ६ मटियारी बस्ने ३८ वार्षीय संजय शमशेर जंग बहादुर राणा, मकवानपुर आमभन्ज्याङ गा.वि.स. वडा नं. १ घर भई धनगढी उपमहानगरपालिका वडा नं. ३ मिलनचोक बस्ने २७ वर्षीय रुद्र प्रसाद अधिकारी र धनगढी उपमहानगरपालिका वडा नं. ६ मटियारी बस्ने ३३ वर्षीय कमल बहादुर विक पक्राउ परेका हुन् ।

बरामद सामानहरू –
पेस्तोल थान १ , रिभल्बर थान १ , कटुवा पेस्तोल थान २ , गोली राउण्ड ७ , बटनवाला चक्कु थान १ , सुनको विभिन्न गर गहना ६७९.३६ ग्राम , संजय राणा र संजय शमशेर जंग बहादुर राणा नाम भएको नागरिकता थान २, विभिन्न व्यक्तिको नाममा लिने दिने गरी बनाएको तमसुक कागज थान २३, १८,०३,६४,०००।-, हस्ताक्षर गरिएको विभिन्न बैकहरुको ब्याङ्क चेक थान ३८ , विभिन्न व्यक्तिको नाममा काटिएको चेकहरु थान १९ रू २,४५,२०,०००।००, नेपाल राष्ट्र बैकले रिलिज गरेको भनिएको नक्कली बैंक ड्राफ्ट थान ३ रू १,०६,३७,७३,१७५।५०; ४१,६५,०३,७८३।०० र ४२,१७,५०,७०७।००, नक्कली छापहरु-थान ४१, नापी कार्यालय धनगढीको छाप थान १ , राजश्व विभाग सेवा कार्यालय सिहदरबार काठमाण्डौको छाप थान २ , मालपोत कार्यालय कैलालीको छाप थान ३ , नापी कार्यालय टिकापुरको छाप थान १ , नापी विभाग टिकापुरको छाप थान २ , मालपोत कार्यालय कैलाली कम्प्युटर फाँटको छाप थान १ , नोटरी पब्लिकको छाप थान १ , कर अधिकृतको छाप थान ३ , मालपोत अधिकृतको छाप थान २ , सुचना तथा संचार मन्त्रालयको छाप थान १ , कार्यकारी निर्देशन नारायण प्रसाद पौडेलको छाप थान १ , नेपाल राष्ट्र बैंक बालुवाटार काठमाण्डौको छाप थान ५ , बर्दगोरिया गा.पा. को छाप थान २
, घोडाघोडी नगरपालिकाको छाप थान १ , धनगढी उप-महानगरपालिकाको छाप थान १ , गोदावरी नगरपालिकाको छाप थान १ , नोटरी पब्लिक भेरिफिकेशनको छाप थान १ , अर्थ मन्त्रालय सिँहदरवारको छाप थान १ , आन्तरिक राजश्व विभागको छाप थान १ , नेपाल राष्ट्र बैंक नेपालगंज बाँकेको छाप थान १ , डा.चिरिन्जिबी नेपाल गभर्नरको छाप थान १ , कार्यालय प्रमुखको छाप थान १ , महालेखा नियन्त्रकको कार्यालयको छाप थान १ , नेपाल राष्ट्र बैँक सिद्धार्थनगर भैरहवाको छाप थान १ , सर्वेक्षकको छाप थान ४ , स्ट्याम्प प्याड थान ६
नक्कली कागजात बनाउन प्रयोग हुने अन्य सामाग्रीहरु
१ बित्तिय कारोबार गर्ने संघ संस्थाले प्रयोग गर्ने A-Z , & र 0-8 सम्मका नम्बर लेखिएका धातुले बनेका वस्तु थान ३६
२ कैलाली जिल्ला अदालत, मालपोत कार्यालय कैलाली, मालपोत कार्यालय टिकापुर, नेपाल राष्ट्र बैँक, यातायात व्यवस्था कार्यालयका नगदी रसिद प्याडहरु
३ पेन ड्राइभ
४ विभिन्न जीवीका मेमोरी कार्ड थान
५ सिम सहितको मोबाईल थान ६ इन्डियन सहित
६ खालि सिमकार्डहरु थान २
७ नम्बर प्रिन्टिङ स्ट्याम्प थान १
अन्य सामानहरु
ट्राफिक प्रहरीले प्रयोग गर्ने सेतो बेल्ट थान १
सिट्टीकर्ड, आर्मब्याज,चेस्ट नेम प्लेट थान १।१
प्रहरीले प्रयोग गर्ने निलो चुस्ता जोर १
बा २० च ४२२० को कार थान १
से २ प ३१२४ नं. को मो.सा. थान १
अन्य विभिन्न कागजात तथा खालि लेटर प्याड, चेक बनाउन प्रयोग हुने पेपर लगायतका सामाग्रीहरु