२१ तोला सुनसहित एक युवक पक्राउ

| 2020 Jan 27 | 07:55 am 1980

महोत्तरी, माघ १३: आइतबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउपर्नेमा धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका–४का २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले जानकारी दिए।

करिब १६ लाख भन्दा माथि मूल्य पर्ने उक्त सुनको स्रोत खुलाइएको छैन ।  बा १२ प ५०७६ नम्बरको कारमा राखी नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा महतोलाई सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका– ८ स्थित सडकबाट आइतबार साँझ चेकजाँच गर्दा सुन फेला पारी पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.