बारा, कात्तिक १७ : ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा १ सय ७ किलो सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज शनिबार बिहान १ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटीएका प्रहरी चेकिङ टोलीले जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्ज स्थित पुर्व पश्चिम लोक मार्ग सडक खण्डमा हेटौडाबाट विरगन्ज तर्फ जाँदै गरेको ना ४ च ३८७५ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा लागूऔषध फेला पारी पक्राउ गरिएको बताका छन् ।
पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने वृज किशोर सिंहको छोरा २४ वर्षको विकेश सिंह रहेका छन् । उक्त पिकअप गाडीको पछाडी तरकारी राख्ने क्रेट भित्र १०७ किलो लागु औषध गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेका थिए ।
प्रहरीका अनुसार विवेक आफैंले गाडी चलाएको बुझिएको छ । उक्त लागु औषध र गाडी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।