१ सय ६० किलोग्राम चरेससहित ट्रक चालक पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 31 | 02:45 pm 2125

पर्सा, पुस १६ : पर्सा प्रहरीले १ सय ६० किलोग्राम चरेससहित एक जना ट्रक चालकलाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीका २९ वर्षीय सागर बललाई वीरगञ्ज महानगरपालिका–३१, बेल्वाबाट प्रहरीले पक्राउ गरेको हो ।

पर्सा प्रहरीकाे अनुसार वीरगञ्ज महानगरपालिका–३१ परवानीपुर–मिलनचोक सडकखण्डबाट जाँचका क्रममा ट्रकबाट चरेश फेला परेकाे थियाे । ट्रकमा बडि र क्यावीनको बीचको भागमा फल्स बटम बनाई चरेश लुकाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले ट्रकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि पनिलागुऔषध व्युरोको टोलीले पटक–पटक काठमाडौं, हेटौडाबाट ट्रकमा लागुऔषध ओसारपोसार गर्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.