१ लाख ४० हजार घुससहित पक्राउ परेका बौद्धका डीएसपीविरुद्ध मुद्दा दायर

| 2018 Nov 14 | 04:23 pm 2074

काठमाडाै‌, कात्तिक २८ : एक लाख ४० हजार घुससहित पक्राउ परेका महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई विरुद्ध ष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा डिएसपी राईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

डिएसपी राईले स्थानीय व्यवसायी र केही सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ‘उपहार’ दिन भन्दै लगातार दवाव दिँदै आएका थिए । स्थानीय पसलबाट आफैंले टिभी खरिद गरेर ल्याएर बिल भुक्तानीका लागि डिएसपी राईले लगातार व्यवसायीलाई दवाव दिँदै आएका थिए ।

टिभी खरिद गरे बापतको बिलको भुक्तानी दिनको लागि सेवाग्राहीलाई पटक–पटक फोन गरी उनले घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको देखिन आएकोले बिगो १ लाख ४० हजार कायम गरी जरिवाना र कैद सजाय मागदाबी सहित मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारबाट खटिएको टोलीले असोज २० गते ९शनिवार० राईलाई १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.