बाँके, भदाै २ः राप्तीसोनारी गाउँपालिका-४ स्थित सिक सामुदायिक बनबाट १ नाल भरुवा बन्दुक र शिकार खेल्न प्रयोग गरिने जालसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय गया प्रसाद थारु रहेका छन् ।
उक्त सामुदायिक वनमा थारू समेत करिब १५ जनाको समूहले सिकार खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बैजापुर, सोही वनका अध्यक्ष र वन रक्षकको संयुक्त टोलीले थारुलाई फेला पारी पक्राउ गरेको हो ।
हाल फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।