-
शंकर रिखाम मगर
उदयपुर फागुन, १७ः रौता स्पोर्ट क्लब रौतामाई ७ को व्यवस्थापन तथा जिल्ला फुटबल संघ उदयपुरको समन्वय र रौतामाई गाउँपालिका भुट्टारको आयोजनामा प्रथम रौतामाई गाउँपालिका अध्यक्ष फुटबल कप प्रतियोगितामा १ को विरुद्ध ५ गोलले गाइघाट सेमि फाइनल प्रवेश गरेको छ ।

तेश्रो दिनको फुटबल खेलमा गाइघाट फुटबल क्लब त्रीयुगा नगरपालिका र आदर्श युवा क्लब नेपालटार उदयपुरगढी बीच भएको थियो । उक्त खेलमा खेल सुरु भएको ११औं मिनेटमा गाइघाट फुटबल क्लबका जर्सी नम्वर ११ का खेलाडी दिपक खपाङ्गी मगरले पहिलो गोल गरी अग्रता दिलाएका थिए । खेलको ३६औं मिनेटमा पुनः जर्सी नम्बर ११ कै खेलाडी दिपक खपाङ्गी मगरले थप १ गोल गरी दोब्बर गोल बनाएका थिए ।

मध्यान्तर पछिको खेलको ९ मिनेटमा आदर्श युवा क्लव नेपालटार उदयपुरगढिका खेलाडी जर्सी नम्वर ९ आदेश राइले १ गोल फर्काएका थिए । १९औं मिनेटमा गाइघाट फुटबल क्लबका खेलाडी जर्सी नम्वर ११ दिपक खपाङ्गी मगरले तेस्रो गोल गरि ३–१ बनाएका थिए । खेल सकिन २ मिनेटको समय बाँकी रहँदा गाइघाटका जर्सी नम्वर ६ का खेलाडी अमन लामाले थप १ गोल गरी ४–१ को अवस्थामा ल्याएका थिए, भने खेलको समय सकिन ३० सेकेण्ड बाँकी रहँदा नेपालटारका खेलाडीले डिबक्स एरियामा फउल गर्न पुगेका कारण गाइघाटले पेनाल्टी पाएका थिए । पेनाल्टीलाई गोलमा परिणत गर्दै गाइघाटका खेलाडि जर्सी नम्बर ११ दिपक खपाङ्गी मगरले ५–१ को अन्तर बनाएका थिए ।

आजको खेलमा म्यान अफ दि म्याचका गाइघाट फुटबल क्लबका खेलाडी जर्सी नम्वर ११ दिपक खपाङ्गी मगर घोषित भएका थिए । उक्त खेलाडिलाई रौतामाई गाउँपालिका ७ का युवाहरुका ढुकढुकी तथा राजाबास युवा संजालका अध्यक्ष कृष्ण राईले नगद १ हजार र मेडल प्रदान गरेका थिए ।

आजको खेल रेफ्रीहरुमा कुमार आले मगर (राजु) को साथमा तिलक विक, अम्वरवहादुर राई, विजय राई र रुपेश मगर रहेका थिए ।भोलिको खेल त्रीयुगा स्पोर्ट क्लब फत्तेपुर सप्तरी र कटारी फुटबल क्लब विच हुने आयोजकले बताएको छ । १९ गते प्रथम सेमि फाइनल खेल बसाहा ११ र गाइघाट फुटबल क्लब बीच हुने भएको छ ।