१९ वर्षीय युवकद्वारा आफ्नै कोठामा झुण्डिएर आत्महत्या

रिपोर्ट नेपाल | 2018 Aug 24 | 06:59 pm 3857

सप्तरी, भदौ ८ : सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद शाहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन् ।

सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले आफ्नै कोठाको सिलिङको पङ्खामा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

के कारणले ती युवकले आत्महत्या गरे भन्ने कुरा खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.