बारा, कात्तिक २: अवैध रुपमा ल्याएको ठूलो परिमाणको चाँदीसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साह रहेका छन् ।
सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट अवैध तवरले ल्याउँदै गरेको अवस्थामा १९ किलो एक सय ग्राम चाँदीसहित साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
भारत तर्फबाट बीआर ६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा उक्त चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले जानकारी दिए ।
बरामद चाँदीको बजार मूल्य करिब १४ लाख रूपैयाँ पर्ने सशस्त्र प्रहरीको अनुमान रहेको छ ।