१६ लाख अवैध भारतीय रुपैयाँ सहित पाँच जना पक्राउ

| 2019 May 13 | 01:55 pm 2159

काठमाडौं, वैशाख ३०:  अवैध भारतीय १६ लाख रुपैयाँ सहित गय राति ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा शम्भु परियार, सन्तोष थापा मगर, राजेन्द्र घिसिङ, धनध्वज तामाङ र रामविक्रम खड्का रहेका छन्।

उनीहरुको साथबाट प्रतिवन्धित ५ सय र १ हजार दरका १६ लाख बराबरका नोट सहित ठमेलको व्लु मुन होटलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाको आधारमा गय राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए। पक्राउ परेका पाँचै जनालाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ।

भारतमा प्रतिवन्ध लगाइएका ५ सय र १ हजारका नोट उनीहरुले के कारणले ल्याए भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.