१६ किलो सुनसहित समातिएका खच्चड व्यवसायी पुर्पक्षका लागि थुनामा

रिपोर्ट नेपाल | 2019 Sep 05 | 02:55 pm 1997

काठमाडौं, १९ भदौ : उत्तरी गोरखाका धनकमल गुरुङ पूर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत गोरखामा बुधवार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी कारागार चलान भएका हुन्।

धार्चे गाऊँपालिका १ केरौंजाका खच्चड व्यवसायी गुरुङ साउन ९ गते १६ किलो सुन सहित पक्राउ परेका थिए। उनले खोर्लाबेशी नजिकै ओढारमा सुन लुकाएका थिए।

धनकमललाई राजस्व अनुसन्धान विभागले मुख्य प्रतिवादी बनाउँदै जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरेको थियो। राजस्व अनुसन्धान विभागले धनकमलविरुद्ध राजस्व चुहावट, अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ र विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्धा दर्ता गरेको थियो।

विभागले गुरुङ विरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैयाँ जरिवाना गर्न माग गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.