काठमाडौं, माघ ८ : १६ औं सत्याग्रहको १४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीले मंगलबार संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भइरहेको सुनेको भन्दै विद्यार्थीमुखी ऐन पास गर्न सांसदसँग आग्रह गरेका छन् ।
१ मिनेट ४ सेकेण्ड लामो भिडियो सन्देशमा डा. केसीले सुरुमै सांसदलाई संवोधन गरेर सम्झौतअनुसारका जनतामुखी र विद्यार्थीमुखी व्यवस्थालाई थपेर मात्रै ऐन पास गर्न आग्रह गरेका हुन् । ‘माननीयज्यूहरुले जनतामुखी र विद्यार्थीमुखी ऐन ल्याउनलाई सहयोग गर्नुहुनेछ भन्ने मैले आशा राखेको छु’ अडियो सन्देशमा भनेका छन् ।
मंगलबार विहानमात्रै अघिल्ला अनशन बस्नेगरेको गणेशमान सिंह इएनटी भवनमा सारिएका डा. केसीले यस्तो सन्देश रेकर्ड गराएका हुन् ।
डा. केसीले सुरुमा चिकित्सा शिक्षा विधेयक आज पास गने सूचीमा राखिएको जानकारी आफूले पाएको भन्दै जनतामुखी र विद्यार्थीमुखी प्राब्धान हटाएर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गनेको भन्दै आफूसँगको सम्झौताअनुसार विधेयक पारित गर्न आग्रह गरेका हुन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतका आधारमा पुस २५ मा चिकित्सा शिक्षा विधेयक १५ अनशनको सहमतिविपरीत पारित गरेपछि डा. केसी सोही दिनदेखि १६औँ अनशनमा छन् ।