१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता संचालन हुने

| 2023 May 17 | 08:48 pm 1061

काठमाडौं, जेठ ३ः नेपाल एपीएफ क्लवको आयोजनामा यही जेठ २१ गतेदेखि २४ गतेसम्म ‘१६ औ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०८०” संचालन हुने भएको छ । प्रतियोगिताका सम्पुर्ण खेलहरु Badminton World Federation(BWF) र Badminton Asian Confederation (BAC) को नियम अनुसार संचालन हुने र १० वटा इभेन्ट्सहरु समावेश सो प्रतियोगीताको  कूल पुरस्कार राशी ८ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

व्याडमिन्टनतर्फ पुरुष तथा महिला एकलमा प्रथम हुनेले ७० हजार रुपैयाँ, दोस्रो  हुनेले ३५ हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले टि–सर्ट प्राप्त गर्ने र पुरुष तथा महिला युगलमा प्रथम पुरस्कार ५५ हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

व्याडमिन्टन प्रतियोगितामा समावेश इभेन्ट्सहरु पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५÷५५ वर्ष, मिक्स डबल्स र इन्टर गभर्मेन्टल सर्भिसतर्फ ३५ बर्ष माथि युगल रहेका छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले प्रतियोगिता सम्बन्धी फारम तथा नियम नेपाल एपीएफ क्लब, सशस्त्र प्रहरी बल नेपालको वेभसाइट www.apf.gov.np र नेपाल व्याडमिन्टन संघबाट प्राप्त गर्न सक्ने छन् ।

प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुले एकल इभेन्टतर्फ १५ सय र युगलतर्फ ३ हजार रुपैयाँ इन्ट्री फि तिनुपर्ने छ । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा हुनेछ । प्रतियोगिता अवधिभर कुनै विवाद उत्पन्न भएमा आयोजक निर्णायक समितिको निर्णय नै अन्तिम निर्णय हुने  छ ।

प्रतियोगिता सम्बन्धी कुनै जानकारी तथा बुझ्नु पर्ने भएमा सम्पर्क अधिकृत सशस्त्र प्रहरी निरीक्षक सुशिल अधिकारीको मोवाइल नम्बर ९८५१०८५३०८ र सशस्त्र प्रहरी निरीक्षक जोसेफ अधिकारीको मोवाइल नम्बर ९८६०१५७८१८ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

“१२ औँ सहवीर स्मृति खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता–२०८०” सम्वन्धित सघं सग आवश्यक समन्वय गरी भदौ महिनामा संचालन गरिने भएको छ ।

सशस्त्र प्रहरीद्धारा गाँजा बरामद
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ६६ के.जी. गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै गरेको १२ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा¬) ले बरामद गरेको हो

सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा गाँजा छाडी व्यक्ति भने फरार भएका थिए । बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको छ ।

 ९ लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद
इलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित मानेभन्ज्याङ्ग सीमा इलाकाबाट सशस्त्र प्रहरीले करीव ९ लाख  रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । नेपालबाट भन्सार छलि अबैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर (बीओपी पशुपतिनगर) ले बरामद गरेको हो । सशस्त्र प्रहरीलाई देख्नासाथै सामान छाडी व्यक्ति भने फरार भएका थिए । बरामद सामान आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

अबैध रुपमा ल्याउदै गरेको विभिन्न सामान बरामद
रौतहट जिल्लाको बौधिमाई नगरपालिका ५ स्थित कोपवाबाट सशस्त्र प्रहरीले करीव २ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान र नक्कली गरगहना बरामद गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको विल विजक बिनाको सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

चोरीपैठारीको लत्ताकपडा बरामद
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ स्थित बगाहा इलाकाबाट सशस्त्र प्रहरीले ७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ५ वटा साइकलमा राखेर ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) ले बरामद गरेको  हो ।  सशस्त्र
प्रहरीलाई देख्नासाथै साइकल र सामान छाडी व्यक्तिहरु भने फरार भएका थिए । बरामद लत्ताकपडा र साइकल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.