१५ हजार फौजले सीको सुरक्षा दिने

रिपोर्ट नेपाल | 2019 Oct 11 | 05:33 pm 1728

काठमाडौँ, २४ असाेज : सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षाका लागि १५ हजार फौज परिचालन गर्ने भएको छ । दुई भ्रमणका लागि सरकारले वरिष्ठ रथी शरद गिरीको नेतृत्वमा १५ हजार फौज परिचालन गर्न लागेको हो ।

राष्ट्रपति सीको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि गठित कार्यदलकाको अध्यक्षतामा रथी गिरीले नेतृत्व सम्हाल्दै छन् । उक्त कार्यदलमा गृह र रक्षा मन्त्रालयका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरु छन् ।

यद्यपि, शुक्रबारदेखि नै त्रिभुवन विमानस्थलदेखि सडक रंग्याउने काम भइरहेका छन्, सी को सवारीका लागि । तैनाथ खटिएका सुरक्षाकर्मीहरुले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गरिरहेका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले अति विशिष्ट व्यक्तिको विशेष सुरक्षा कार्यविधि-०७० अनुसार राष्ट्रपति सीको सुरक्षाको सम्पूर्ण प्रबन्ध सेनाको कमाण्डमा हुने जानकारी दिए । उनले सीको विशेष सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको पनि बताएका छन् ।

उनका अनुसार चारवटै सुरक्षा निकायबाट करिब पन्ध्र हजारको संख्यामा सुरक्षाकर्मी परिचालित भएका हुन् । त्यसमा दस हजार जति सेनाबाट परिचालित हुनेछन् । सी आउने जहाज, त्रिभुवन विमानस्थल, सी यात्रा गर्ने सडक, बस्ने होटेल तथा सुरक्षाका हिसाबले संवेदनशिल देखिएका अन्य स्थानमा सेनाको कमान्डमा विशेष गस्ती टोली परिचालित भइसकेको छ।

दुई दिने नेपाल भ्रमण सकाएर सी छिमेकी राष्ट्र भारततर्फ लाग्ने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.