एजेन्सी, जेठ ४ : उत्तर थाईल्यान्डमा एउटा कुकुरले जिउँदै गाडिएको एउटा नवजात शिशुको उद्धार गरेको छ । पिङ पोङ नाम गरेको कुकुरले थाइल्याण्डको पान नोङ खाम गाउँमा नवजात शिशुको उद्दार गरेको बीबीसीले जनाएको छ ।
बीबीसीको अनुसार सो कुकुरले भुक्दै र भुइँ खन्दै गरेको उसको मालिकले देखेका थिए । कुकुरले भइँ खने पछि बच्चाको खुट्टा भुइँबाट बाहिर निस्किएको कुकरको मालिकले देखोका थिए । प्रहरीको अनुसार पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेका थिए ।
स्थानीय बासिन्दाहरूले त्यो नवजात शिशुलाई अस्पताल लगे। त्यहाँ चिकित्सकहरूले सफा गरिदिएर सो शिशुको स्वास्थ्य राम्रो रहेको बताइएको छ।
बच्चा जन्माएर त्यसरी फाल्ने किशोरीलाई बच्चा परित्याग र ज्यान मार्ने प्रयास गरेको अभियोग लगाइएको छ। एक स्थानीय प्रहरी अधिकारीका अनुसार ती किशोरी अहिले उनका अभिभावक र मनोवैज्ञानको संरक्षणमा छिन्। ती किशोरीका आमाबुवाले त्यो बच्चाको अभिभावकत्व स्वीकार गरेका छन्।
पिङ पोङका मालिक उसा निसाइखाका अनुसार सो कुकुरलाई एउटा गाडीले हानेपछि उसको एउटा खुट्टा काम नलाग्ने भएको थियो।