१५ बर्षपछि फेरियो रेडियो तनहुँको नेतृत्व

रिपोर्ट नेपाल | 2022 Sep 24 | 08:18 pm 1441

तनहुँ, असोज ८ः तनहुँ सुचना समाज सहकारी संस्था मार्फत सञ्चालनमा आएका रेडियो तनहुँ ९७.२ मेगाहर्जको अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ चयन भएका छन् । रेडियो प्रशारणमा आएको १५ बर्षपछि सञ्चालक समितिको नेतृत्व परिवर्तन भएको हो ।

शनिबार शुक्लागण्डकी नगरपालिका स्थित झरौटामा सम्पन्न भएको १५औँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन मार्फत श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा रेशमलाल पौडेल, सचिवमा लालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा सुजनकुमार श्रेष्ठ र सह सचिवमा नारायणदत्त अधिकारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा समुन्द्रराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, उमाकान्त श्रेष्ठ, पूर्णबहादुर थापा, यामबहादुर खाँण, राजेश्वर खनाल, सुन्दर बस्याल र बलराम मिश्र रहेको छन् ।

अधिवेशन मार्फत गायत्रीप्रसाद पौडेलको संयोजकत्वमा हुमबहादुर खड्का, माधव प्रसाद अधिकारी, सुरजकुमार श्रेष्ठ र कुलप्रसाद गुरुङ सदस्य रहने गरि लेखा समिति गठन गरिएको छ ।

अधिवेशनले रेडियोको स्थापनाकालदेखि अध्यक्ष भई कार्यकाल सम्हालेका प्रा.डा.चन्द्रबहादुर थापालाई संरक्षकका रुपमा राख्ने निर्णय समेत गरेको सचिव श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.