१५ गतेसम्म भक्तपुर नगरपालिकामा सार्वजनीक यातायात सञ्चालनमा रोक

| 2020 Aug 18 | 05:21 pm 2066

भक्तपुर, भदौ २ः पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएपछि भक्तपुर नगरपालिकाले सम्पूर्ण सार्वजनीक यातायात सञ्चालनमा रोक लगाएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार भएको छलफलले सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस काठमाडौं उपत्यकालगायत विभिन्न सहरहरुमा पनि दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिरहेको तथा भक्तपुरमा पनि संक्रमितहरु बढ्दै गएको देखिएको हुँदा संक्रमण समुदायस्तरमा फैलिन नदिन भक्तपुर नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु भदौ ३ गतेदेखि भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.