धनुषा, भदाै १ : धनुषा जिल्लाको औरही गाउँपालिका–२ देउरीबाट एपिएफ प्रहरीको टोलीले १० लाख ९३ हजार १ सय १० रुपैयाँ बराबरको १५ किलो चाँदीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटिएको टोलीले भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत–२ भेलवाचोक घर बताउने बन्धुकुमार सिंहलाई नियन्त्रणमा लिएको हो ।
अन्दाजी २८ वर्षीय सिंहलाई शनिबार नियन्त्रणमा लिइएको हो । ज८प ९२३५ नम्वरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका सिंहलाई चेकजाँच गर्ने क्रममा उक्त चाँदी फेला परेको हो । सिंहले प्रयोग गरेको सो मोटरसाइकल समेत बरामद गरिएको छ ।
पक्राउ गरिएको सिंहलाई बरामद चाँदी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।