१४ वर्ष पछि फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 21 | 03:11 pm 2091

काठमाडौं, कात्तिक ४ :  कर्तव्य गरी ज्यान मारेको घटनामा संलग्न रही फरार अभियुक्त काठमाडौं सामाखुशी वस्ने बाग्लुङ देवीस्थानका ३७ वर्षीय हिक्मत हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने चितवन कथारका १८ वर्षीय जिवन लोहनीलाई २०६१ माघ ११ गते साँझ कर्तव्य गरी मारेको घटनामा संलग्न रही फरार रहेका हमाललाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरीले काठमाडौं महानगरपालिका २६ सामाखुशीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.