१४ वर्षीय बालक १० दिनदेखि बेपत्ता

| 2021 Mar 23 | 09:08 am 3269

हुम्ला, चैत १०ः जिल्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन ।

केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताए ।

सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रङ्गशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुले गुनासो गरे।

दश दिनसम्म खोजी गरेको भए पनि कोही कसैको सम्पर्कमा नआएको उनले बताए । चैत १ गतेदेखि हराएका भाइको खोजी गरिदिनका लागि प्रहरी कार्यालय सुर्खेतमा शनिबार निवेदन दिएको विकले जानकारी दिए ।

सुर्खेत पुगेका विकले मोबाइल तालिमसँगै सङ्गीत सिकिरहेका थिए । बेपत्ता विकको मोबाइल स्वीचअफ छ । विक सुर्खेतको कालिञ्चोकमा डेरा लिएर बस्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.