१४ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महरा पक्राउ

रिपोर्ट नेपाल | 2023 Aug 13 | 01:26 pm 2089

मोरङ, साउन २८ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-५ बस्ने २३ वर्षीय युवराज महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.