१४ वर्षीया बालिका जबर्जस्ती करणी गर्ने चौधरीलाई सात वर्ष जेल

रिपोर्ट नेपाल | 2018 Sep 03 | 06:27 pm 3720

उदयपुर, भदौ १८ : जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल सजायको फैसला गरेको छ ।

न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्ष जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको स्रेस्तेदार रीतबहादुर मगरले बताए ।

२०७४ फागुन २५ गते बेलुका नगरपालिका–३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको बेला चौधरीले जबर्जस्ती पक्रेर घारीमा लगी बलात्कार गरेको अभियोगमा प्रहरीले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.