१४ दिन देखि हिउँमा फसेका एक मजदुरकाे उद्धार

रिपोर्ट नेपाल | 2020 May 01 | 12:07 pm 2851

सिन्धुपाल्चाेक, बैशाख १९ः १४ दिन लामाे हिउँमा फसेर सम्पर्कविहीन बनेका एक मजदुरको शुक्रबार हेलिकोप्टर मार्फत उद्धार गरिएको छ।   उद्धार गरिनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का ३१ वर्षीय सुरज लामा रहेका छन् ।

उनी रसुवाको रसुवागढी हाइड्रोपावरमा काम गर्ने मजदुर हुन् । उनलाइ  १४ दिनपछि आज उद्धार गरी काठमाडौं ल्याइएको हो। कोरोनाका कारण सरकारले लगाएको लकडाउन लम्बिदै जाँदा घरमा श्रीमति सुत्केरी हुने समय आएपछि रसुवा, नुवाकोट हुदै सिन्धुपाल्चोकको मेलम्ची हिडेका उनी सम्पर्कविहीन भएका थिए।

उनका परिवारले सम्पर्क बिहीन भएको प्रशासनमा जानकारी गराएपछि रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्ला प्रशासनको संयुक्त पहलमा खोजी गर्दा पनि नभेटिएका उनी रसुवा र नुवाकोटको सीमामा पर्ने सुर्यकुण्डको फेदीमा गोठालाहरुले भेट्टाएका थिए।

बलेफी गाउँपालिकाका अध्यक्ष केदार खत्रीको पहलमा आज बिहान लामालाई हेलिकोप्टर लगेर उद्धार गरी काठमाडौं ल्याइएको हो। लामाको अहिले सिभिल अस्पतालमा बानेश्वरमा उपचार भइरहेको बुझिएकाे छ।

हिउँका कारण हातखुट्टा नचल्ने अवस्थामा भेटिएका लामाको अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनी रसुवागढी हाइड्रोपावरबाट यही बैशाख ६ गते हिडेका लामा रसुवाको गोसाइँकुण्ड नजिकै तारेभिरमा आइपुगेपछि हिउँमा फसेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.