१४ जना मृतककाे शोकमा तानसेन बजार बन्द

| 2018 Jun 03 | 06:54 pm 3811

पाल्पा, २० जेठ :  रम्भा गाउँपालिकाको हुँमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा आज तानसेन बजार बन्द भएको छ ।

मृतकको शोकमा तानसेनका उद्योग व्यवसायीले स्वतः पसल बन्द गरेका हुन् । गत शुक्रबार तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको बस हुँमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले दुर्घटनामा परी मृत्यु हुनेहरुको शोकमा तानसेनका उद्योग तथा व्यवसाय बन्द गरेको जानकारी दिनुभयो । सहकारीका अभियन्ता तथा पाल्पाका उद्योगी व्यवसायीको निधनले ठूलो क्षति पुगेको छ ।

तानसेनस्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली अवलोकन भ्रमणका लागि रामपुरतर्फ जाँदैगर्दा उनीहरु सवार लु१ख ९७५ नंको बस हुँमिनको धारादीमा दुर्घटना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.