कैलाली, असार ८ : कैलालीमा १३ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उप–महानगरपालिका – १५ का फट्टुलाल चौधरी, विजय चौधरी र वडा नम्वर ७ मनोहराका झगरु चौधरी लाई पक्राउ गरेको हो ।
प्रहरीको अनुसार उनीहरुले रातीको समयमा जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए । किशोरीको सेती अस्पतालमा उपचार भईरहेको छ ।