१३ वर्षपछि फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 06 | 08:31 pm 2138

बारा, पुस २२ :  कुटपिट गरी अंगभंग बनाएको अभियोगको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्बर–५ का बैजनाथ साह तेली रहेका छने ।

साहलाई २०६८ जेठ २४ २ वर्ष कैदको फैसला सुनाएका पश्चात् फरार रहेका थिए । उनलाई २०७५ पुस २१ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।

अदालतको आदेश बमोजिम अभियुक्तलाई तोकिएको कैद भुक्तानको लागी कारागार कार्यालय वीरगंज पर्सामा पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.