गुल्मीः चैत १४ : सु आहारा गुल्मीले गुल्मी जिल्लाका स्थानीय तहका सरोकारवालाहरुसँग स्वास्थ्य तथा पोषण सम्बन्धी २ दिने व्यवस्थापकीय कार्यशाला गोष्ठी तम्घासको ईन्द्रेणी पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।

सुत्केरी र गर्भवति महिलारुलाई निशुल्क रुपमा स्वास्थ्य संस्थादेखि घरसम्म र घरदेखि स्वास्थ्य संस्थासम्म एम्बुलेन्सको व्यवस्था, स्वयंमसेविकाको सेवालाई प्रभाबकारी बनाउने, गर्भवति महिला र सुत्केरी महिलाहरुलाई उपहार कार्यक्रम गर्ने, स्वास्थ्य सेवालाई घरघरमा पुर्याउने, उत्तर प्रसुति जाँचलाई घरमै गएर जाच्ने व्यवस्था गर्ने, गर्भवती महिलाहरुलाई क्यालसियम प्रदान गर्ने, सु आहाराद्धारा मेरो वाबालाई चिठी छपाई गरी गर्भवतीका श्रीमान र घरपरिवार सम्म पुर्याउने, पोषणका लागि करेसाबारी कार्यक्रम लागु गर्ने, स्वास्थ्य आमा समुहहरुलाई पुनः जागरण गर्ने, सेनेटरी प्याड निर्माण तथा वितरण, पूर्ण स्तनपान सचेतना कार्यक्रम सचेतना गर्ने, स्वास्थ्य र पोषण कार्यक्रम संचालन गर्ने, स्वास्थ्य र पोषणका लागि विशेष बजेटको व्यवस्था गर्ने प्रतिबद्धताहरु भएका छन् ।
एकीकृत ग्रामीण विकास समाज गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहका उपप्रमुखहरु र स्वास्थ्य संयोजकहरुको उपस्थितिमा पालिका स्तरिय स्वास्थ्य अवस्थाको बारेमा जानकारी, स्वास्थ्य अवस्था सम्बन्धी आगामी कार्ययोजना तय गर्नका लागि गोष्ठीले महत्वपूर्ण भुमिका निर्वाह गरेको संस्थाका अध्यक्ष हीरा केसीले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुललीले स्वास्थ्य मानवको सबैभन्दा महत्वपूर्ण भएकाले स्वास्थ्य सम्बन्धी स्थानीय स्तरमा एउटै धारण बनाउन यस गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।