१३ दिनदेखि बेपत्ता भएका पुरुष मृतावस्थामा फेला

रिपोर्ट नेपाल | 2018 Nov 06 | 06:15 pm 2261

गोरखा, कात्तिक २० : यहाँ १३ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ । गोरखा नगरपालिका–७ का ४५ वर्षीय राम्जी रम्तेल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यही कात्तिक ८ गतेदेखि हराएका रम्तेलको शव गोरखा नगरपालिका–५ स्थित धारापानी खोलामा फेला परेको प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । शव किरा परी सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको उनले जानकारी दिए ।

रम्तेल हराएको सूचनाका आधारमा खोजतलास गर्दा मृतावस्थामा भेटाइएको थियो । शवपरीक्षण गरी आजै आफन्तको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक थापाले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.