१३ औँ महानगरीय प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम

| 2018 Nov 13 | 08:00 pm 11662

ललितपुर, कात्तिक २७ : महानगरीय प्रहरी दिवसको अवसरमा आज मंगलबार सरसफाई कार्यक्रम गरिएको छ । महानगरीय प्रहरी परिसर ललितपुर र स्थानिय वासीहरुको सहभागितामा सरसफाई कार्यक्रम गरिएको हो ।

सरसफाई कार्यक्रम महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेल चोक,उग्रचण्डी मन्दिर,सदर
चिडियाखाना आसपासका एरिया र पौराणीक कुवा, महानगरीय प्रहरी बृत्त सातदोबाटो लपु सत्यश्वर महादेव मन्दिर, महानगरीय प्रहरी प्रभाग धापाखेल लपु विसन्देवी मन्दिर र प्रहरी चौकी लेले लपु मनकामना मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

त्यस्तै महानगरीय प्रहरी बृत्त चापागाँउ लपु सन्तानेश्वर मन्दिर, महानगरीय प्रहरी प्रभाग मंगलबजार लपु श्रीकृष्ण मन्दिर, महानगरीय प्रहरी प्रभाग बाडेगाँउ लपु श्वेत बाराही मन्दिर, महानगरीय प्रहरी प्रभाग लुभु लपु महालक्ष्मी महाभैरव मन्दिर, महानगरीय प्रहरी प्रभाग बालकुमारी लपु बालकुमारी मन्दिर, महानगरीय प्रहरी प्रभाग सानेपा लपु राम मन्दिर, महानगरीय प्रहरी प्रभाग बुग्मती लपु भैसेपाटी चोक, महानगरीय प्रहरी प्रभाग पुल्चोक लपु हनुमानथान मन्दिर, महानगरीय प्रहरी प्रभाग लगनखेल लपु मच्छिन्द मन्दिर र ईप्रका कोन्ज्योसोम लपु बाघ भैरव मन्दिर परिसरमा समेत सरसफाई कार्यक्रम गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.