१३२/११ केभी सबस्टेसनको नियन्त्रण कक्षमा आगलागी

| 2019 Oct 25 | 05:33 pm 1379

नवलपरासी, कात्तिक ८ बर्दघाटमा रहेको १३२/११ केभी सबस्टेसनको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) मा शुक्रबार आगलागी भएको छ ।

कन्ट्रोल रुपमा विद्युत् पस्ने दुइटा ‘इन्कमर’ र त्यहाँबाट बहिर निस्कने दुइटा ‘आउट गोइङ’ फिडरमा आगलागी भएको हो । आगलागीबाट ‘इन्कमर’ र ‘आउट गोइङ’ फिडरहरु पूर्णरुपमा क्षतिग्रस्त भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उनका अनुसार राति आगलागी भएको छ, कन्ट्रोल रुममा रहेका कन्ट्रोल प्यानल लगायत अन्य उपकरणहरु पनि जलेर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्, आगलागी के कारणले भएको हो त्यसको छानबिन भइहेका बताए।

आगलागी भएको स्थानको स्थलगत निरीक्षण गर्न ग्रिड विकास विभागका निर्देशकको टोलीलाई प्राधिकरणले शुक्रबार नै काठमाडौंबाट त्यहाँ पठाएको छ ।

सबस्टेसनमा अगलागी भएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको थियो । त्यहाँबाट बर्दघाट क्षेत्रका २९ हजारभन्दा बढी ग्राहकलाई विद्युत् आपूर्ति भैरहेको थियो ।

प्राधिकरणले नवलपरासी, गण्डक र शित्तलनगर सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । गएको वर्ष पनि बर्दघाट सबस्टेसनको त्यही कन्ट्रोल रुममा आगलागी भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.