१३औँ दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन राष्ट्रपति भण्डारीद्वारा गरिने

रिपोर्ट नेपाल | 2019 Nov 23 | 04:52 pm 3009

काठमाडौं, मंसिर ७: यही मंसिर १५ गते हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिने भएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुने राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम रहेको प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।

सागको उद्घाटन समारोहमा प्रधानमन्त्री, सहभागी देशका राष्ट्र प्रमुख र पदाधिकारी, विदेशी कुटनीतिक नियोगका पदाधिकारी लगायतको सहभागिता रहने बताइएको छ ।

उद्घाटन समारोह तीन घण्टा २४ मिनेट चल्नेछ । एकदिनअघि ग्रान्ड रिहर्सल गरिने र उद्घाटनमा कला–संस्कृति झल्किने गरी १५ हजार जनाको सहभागितामा झाँकी प्रदर्शन गरिने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.