११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पुन पक्राउ

रिपोर्ट नेपाल | 2023 Sep 26 | 06:37 pm 1689

अर्घाखाँची, असोज ९ ।  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.