११ किलो सुन प्रकरणमा चिनियाँ नागरिक सहित थप तीन जना पक्राउ

| 2023 Oct 03 | 07:33 pm 1885

काठमाडाैं, असोज १६ । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा  चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबरी–७ घर भई हाल टोखा–६ सरस्वतीखेल बस्ने (गोङ्गबुस्थित नमोबुद्ध गेष्ट हाउस सञ्चालक) ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रधान र तामाङलाई काठमाडौं टोखाबाट तथा गेङ्रुलाई गए राति स्वयम्भूबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई  थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी गरिएको  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीकाअनुसार सनत प्रधान र लालबहादुर तामाङ सुन बिक्री गर्ने ग्राहक खोज्न संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । यस्तै पक्राउ परेका चिनियाँ नागरिकले काठमाडौंमा सुनको व्यवस्थान गर्ने गरेको सीआईबीको दाबी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.