११ किलो चरेससहित डान्सबारमा नाच्ने कान्छीमाया पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 16 | 05:25 pm 1756

काठमाडौं, माघ  २ :लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले धूपको डब्बामा फल्स बर्टन बनाएर चरेस तस्करी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै ब्यूरोले डान्सबारमा काम गर्ने २९ वर्षीया कान्छीमाया घलेलाई सुन्धाराबाट पक्राउ गरेको जानकारी दिएको छ ।

वैदेशिक हुलाक भन्सार कार्यालयबाट हङकङ पार्सल गरेर चरेस पठाउँदै गर्दा कान्छीमायालाई पक्राउ गरिएको ब्यूरोका प्रमुख (डीआईजी) दिनेश अमात्यले जानकारी दिए ।

कान्छीमायाको साथबाट १४८ प्याकेट धुपको बट्टा बरामद गरिएको र त्यसभित्र ११ केजी चरेस भेटिएको उनले बताए । प्रहरीका अनुसार कान्छीमाया पूर्वेली मिनी डान्सबारमा नाच्ने काम गर्छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.