११३ वर्षीया गोपीमाया मतदान गर्दै

रिपोर्ट नेपाल | 2022 Nov 20 | 07:15 am 1141

तनहुँ, मङ्सिर ४ः जिल्लाको भानु नगरपालिका–५ स्थित ११३ वर्षीया गोपीमाया पोख्रेलले आज मतदान गर्ने भएकी छन् ।  मतदान ठुलो दान हुने भएकोले मतदान गर्न जाने पोख्रेलले बताइन् ।

शताब्दीपछिको उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको पोख्रेल बताउछिन् । स्थानीय महादेवता प्रावि मतदान केन्द्रमा उनले भोट हाल्दै छिन् । राम्रोसँग आँखा देख्न नसक्ने भएकाले छोराको सहयोगमा भोट हाल्न लगाउने उनले बताए । आफूले भोट दिएका व्यक्तिले जितेर राम्रो काम गरुन् भन्ने चाहना भएको उनले व्यक्त गरिन् ।

पोख्रेलले गत जेठमा सम्पन्न भएको स्थानीय तह निर्वाचन  पनि मतदान गरेकी थिइन् । भोट हाल्नको लागि निकै उत्साहित भएको उनको नाति भरत पोख्रेलले बताए । वि.सं. १९६६ भदौ ६ गते जन्मिकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गरेकी थिइन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.